ओली सरकारको मन्त्रिमण्डल पुनरगठन, जसपाका २ राज्यमन्त्रीसहित १० मन्त्रीले लिए सपथ
टुडेपाटी
जनकपुरधाम, जेठ २१ गते ।
जसपा सरकारमा सहभागि भएपछि कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरेफेर गरेका छन् ।
जसपाका २ राज्यमन्त्रीसहित १७ सदस्यीय मन्त्रिपरिषद् पुनरगठन गरेका हुन् । उनले मौजुदा मन्त्रिपरिषदबाट एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन मन्त्रीलाई हटाएर जसपालाई ८ मन्त्री र २ राज्यमन्त्रीसहित समावेश गराएका छन् ।
नयाँ मन्त्रिमण्डलमा तीन उपप्रधानमन्त्री छन् । अर्थमन्त्री विष्णु पौडेल, रघुवीर महासेठ र जसपाका बरिष्ठ नेता राजेन्द्र महतो उपप्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।
महासेठलाई परराष्ट्रमन्त्रीको जिम्मेबारी दिइएको छ भने महतोलाई सहरी विकास मन्त्रीको जिम्मेबारी दिएको छ ।
जसपाबाट शरदसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिचाई मन्त्री, अनिलकुमार झाले खानेपानी र लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरिया वन तथा वातावरण मन्त्री बनेका छन् ।
यस्तै चन्दा चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालय दिइएको छ भने चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री नियुक्त भएकी छन् ।
यस्तै सत्तारुढ एमालेबाट शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त गरिएको छ ।
नवनियुक्त तीन उपप्रधानसहितका मन्त्रीहरुले शुक्रबार राति साढे ८ बजे राष्ट्रपति कार्यालय सितल निवासमा पद तथा गोपनियताको सपथ लिएका छन् ।
Sponsored