TodayPati

कोरोनाबाट मृत्यु हुनेको संख्या साढे १४ हाजार नाघ्यो, कहाँ कति ?

एजेन्सी, चैत १० गते ।

कोरोना भाइरसबाट सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या साढे १४ हजार नाघेको छ । अन्तराष्ट्रय सञ्चार माध्यमहरुले जनाए अनुसार सोमबार बिहानसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ हजार हजार ६ सय ४१ पुगेको छ ।

पछिल्लो २४ घन्टामा विश्वभर १६ सय ३४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । इटलमीमा मात्र २४ घण्टामा ६ सय ५१ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको उद्गम थलो चीनमा गएको २४ घन्टामा यसको संक्रमणबाट ९ जनाले ज्यान गुमाएका छन् ।

Sponsored

अहिलेसम्म इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५४ सय ७६ पुगेको छ। त्यहाँ ५९ हजार १ सय ३८ जना संक्रमित उपचारको क्रममा छन् ।
अहिलेसम्म विश्वका १८८ देशमा कोरोना संक्रमण फैलिइसकेको छ। विश्वका ३ लाख ३६ हजार ८ सय ३८ जनामा यसको संक्रमण पुष्टी भएको छ। ९७ हजार ६ सय ३६ जना भने उपचार पछि निको भएका छन् ।

गएको २४ घन्टामा स्पेनमा ३७५, अमेरिकामा ११७, इरानमा १२९, फ्रान्समा ११२, युकेमा ४८, नेदरल्याण्डमा ४३, स्वीटजरल्यान्डमा १८, इन्डोनेसियामा १०, भारतमा २ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी जर्मनीमा १०, कोरियामा २, अस्ट्रियामा ८, बेल्जियममा ८, स्वीडेनमा १, पोर्चुगलमा २, ब्राजिलमा ७, क्यानाडामा १, मलेसियामा २, टर्कीमा ९, चेकियामा १, आयरल्यान्डमा १, इक्वेडरमा ७, पाकिस्तानमा १, पोल्यान्डमा २, ग्रिसमा २, रोमानियामा ३, स्लोभानिया १, फिलिपिन्समा ६, वहराइन १, इजिप्टमा ४, इराकमा ३, कोलम्बियामा २, सर्वियामा १, अल्जेरियामा २, हंगेरीमा २ जनाले ज्यान गुमाएका छन् ।

Sponsored

त्यसैगरी मोरक्कोमा १, उत्तर म्यासेडोनियामा १, एन्डोरामा १, बुर्किना फोसोमा १, ट्युनिसियामा २, अफगानिस्तानमा १, मौरिरसमा १ र गुआममा १ जनाले पछिल्लो २४ घन्टामा ज्यान गुमाएका छन् ।

हिजो थप दुईको मृत्यु भएपछि भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ भने हालसम्म ३ सय ९६ जनामा कोरोना संक्रमण देखिएको छ

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *