TodayPati

जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्री बन्दै, महतो उपप्रधानसहित सहरी विकास मन्त्री

टुडेपाटी-
जनकपुरधाम, जेठ २१ गते ।

जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्री बन्ने पक्का भएको छ ।

जसपा नेता केशव झाका अनुसार नेता राजेन्द्र महतो उपप्रधानसहित सहरी विकासमन्त्री, शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाई, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिक, एकवाल मियाँ युवा तथा खेलकुदमन्त्री बन्ने छन् ।

Sponsored

यस्तै राज्यमन्त्रीमा चन्द्रकान्त चौधरी ऊर्जा र रेणुका गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नेता इकबाल मियाँले जानकारी दिए । सबै नयाँ मन्त्रीहरुको सपथ आजै साँझ हुने जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *