चुरे उत्खनन गर्ने सरकारको निर्णय राष्ट्रघाती भन्दै फिर्ता लिन वाइसिएलको माग
टुडेपाटी-
जनकपुरधाम, जेठ २० गते ।
केन्द्र सरकारले ल्याएको चुरेबाट गिट्टी बालुवा उत्खनन गरेर निर्यात गरी व्यापार घाटा कम गर्ने नीति तथा कार्यक्रम घातक रहेको वाईसिएलले ठहर गरेको छ ।
नेकपा माओवादी केन्द्रको युवा भातृ संगठन वाइसिएल प्रदेश नं. २ कमिटीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो कार्यक्रम प्रति आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
वाइसिएलका प्रदेश २ इन्चार्ज शंकर महतो र संयोजक मोहनलाल श्रेष्ठले संयुक्त हस्तक्षरितसहित जारी गरेको विज्ञप्तिमा सरकारले ल्याएको उक्त कार्यक्रमले केहि व्यक्तिलाई फाइदा पुगेपनि तराई मधेशमामा ठूलो प्राकृतिक संकट आउने निश्चित रहेको दावी गरेको छ ।
त्यति मात्र नइ चुरे विनाश भइ तराई मधेश मरभूमिकरण हुने भएकाले जनजीवन नै संकट हुने खतरा रहेको विज्ञप्तिमा उल्लेख छ । उक्त घोषणा राष्ट्रघाती रहेकोले निर्णय फिर्ता लिनु पर्ने वाइसिएलले माग गरेको छ ।
त्यस्तै महोत्तरीको रातु नदिनमा भइरहेको अवैध उत्खनन रोक्न समेत विज्ञप्ति मार्फत वाइसिएलले माग गरेको छ ।
Sponsored