अब सस्तोमै खाद्यान्न र ग्यास : चिनी ६३ र खना पकाउने ग्यास ११२० रुपैयाँमा
टुडेपाटी-
जनकपुरधाम, जेठ २० गते ।
साल्ट ट्रेड्रिङ कर्पोरेसनले खाद्यान्न र खाना पकाउने ग्यास सस्तो मूल्यमा बिक्री गर्ने भएको छ । साल्ट ट्रेडिङले बिहीबार आफूले बिक्री गर्ने खाद्य सामग्रीको मूल्य सार्वजनिक गरेको हो ।
सरकारले निषेधाज्ञाको समयमा सर्वसाधारणलाई २० प्रतिशत छुटमा खाद्यवस्तु उपलब्ध गराउने घोषणा गरेको थियो । पाँचदिनपछि साल्ट ट्रेडिङले मूल्य सार्वजनिक गर्दै सस्तोमा खाद्यान्न र खना पकाउने ग्यास उपलब्ध गराउने जानकारी गराएको छ ।
सार्वजनिक गरेको मूल्य अनुसार बजारमा प्रतिकिलो ९५ रुपैयाँ पर्ने चिनीको मूल्य ६३ रुपैयाँ २० पैसा, खाना पकाउने ग्यासको भाउ ११ सय २० रुपैयाँ, पिठो प्रतिकिलो ४४ रुपैयाँ, नून प्रतिकिलो १६, भटमासको तेल प्रतिलिटर १८८ रुपैयाँमा बिक्री गरिने छ ।
साल्ट ट्रेडिङबाट छुट मूल्यमा सामान किन्न व्यक्तिले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र परिवारको सदस्यको नामसमेत पेश गर्नुपर्नेछ ।
Sponsored