TodayPati

केन्द्र सरकारलाई बजेट वक्तव्य सच्याउन प्रदेश २ सरकारको आग्रह, अन्यथा आवश्यक निर्णय लिने चेतावनी

टुडेपाटी-
जनकपुरधाम, जेठ २० गते ।

प्रदेश २ सरकारले गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने निर्णय फिर्ता लिन केन्द्र सरकारलाई आग्रह गरेको छ । बिहीबार मुख्यमन्त्री लालबाबु राउतले विज्ञप्ति जारी गरी यस्तो आग्रह गरे ।

अन्यथा चुरे संरक्षणका लागि आवश्यक निर्णय लिने चेतावनीसमेत राउतले जारी गरेको विज्ञप्ति मार्फत दिएको छ ।

Sponsored

केन्द्र सरकारले जेठ १५ गते बजेट वक्तव्यमा वातावरणीय प्रभाव मुल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिट्टी, वालुवा निकासी गरी ब्यापार घाटा न्यूनीकरण गर्ने बताएपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ ।

अर्थ मन्त्रालयले चुरे/भावर/शिवालिक र नदी प्रणाली बाहेकका उपयुक्त क्षेत्र उत्खनन गर्ने नीतिगत दृष्टिकोण मात्र बजेटमा प्रस्तुत भएको स्पष्टीकरण दिएको छ ।

तर गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने निर्णय फिर्ता दबाव कायमै छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बिहीबार वक्तव्य जारी गर्दै सरकारको घोषणालाई अदूरदर्शी निर्णय भनेका छन् ।

Sponsored

यो निर्णयले प्रदेश २ बाट देशकै अन्न भण्डारका रुपमा रहेको प्रदेश दुई मरुभूमिकरण बन्ने भन्दै उनले भनेका छन्, ‘नेपाल सरकारको बजेट वक्तव्यलाई सच्याउन हुन अनुरोध गर्नुका साथै यस्ता कार्य तत्काल नरोकिए तराई मधेसको चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिनेछ ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *