TodayPati

पीसीआर परीक्षण नघटाएको स्वास्थ्य मन्त्रालयको दाबी, किन घट्यो संक्रमण दर ?

टुडेपाटी-
काठमाडौं, जेठ २० गते ।

गत हप्तादेखि बुधबारसम्मको पीसीआर परीक्षणको दर घट्न थालेपछि सबैतिर यसबारे चासो देखिएको छ । बुधबार मात्र १६ हजार ८७८ वटा स्वाव नमुना परीक्षण गर्दा ५ हजार ३१६ जनामा संक्रमण रहेको पुष्टि भएको हो ।

यो परीक्षणमा गएको नमुनाहरुको ३१.४९ प्रतिशत हो । यस्तै मृत्युको संख्या १०० जनाभन्दा माथि छ । यसरी परिक्षण गर्ने दर घट्न थालेपछि संक्रमणको जोखिममा नै निषेधाज्ञा हटाउने रणनीति लिएको हो कि भनेर शंका गर्न थालिएको छ । यसै विषयमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेलले पीसीआर परीक्षण नघटेको बताएका छन् ।

Sponsored

डा. पौडेलले संक्रमणका लक्षण भएका व्यक्ति परिक्षण गर्न नआएको अथवा निषेधाज्ञाको कारण परिक्षण केन्द्र सम्म जान नसकेको मुख्य कारण हुनसक्ने बताए । सरकारले पीसीआर परीक्षण घटाउने नभइ बढाएको साथै एन्टीजेन परीक्षण पनि ७७ वटा जिल्लामा पुगिसकेको बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *