TodayPati

महोत्तरीमा जेठ ३१ गतेसम्मको लागि निषेधाज्ञा थपियो

टुडेपाटी-
जनकपुरधाम, जेठ १९ गते ।

नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहरमा संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेकोले महोत्तरीमा फेरि निषेधाज्ञाको समय थपिएको छ ।

जिल्ला स्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र महोत्तरीको बुधबार बसेको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए ।

Sponsored

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लाभर निषेधाज्ञा लगाइएको भट्टराईले बताए । महोत्तरीमा वैशाख २२ गतेदेखि नै निषेधाज्ञा लगाइएको छ ।

निषेधाज्ञामा खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्यास पसल बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुकी ४ बजे देखि ७ बजेसम्म खोल्न पाइने निर्णय समेत भएको हो ।

वैवाहिक कार्यक्रममा भने डीजे तथा ब्याण्ड बाजालाई बजाउनमा रोक लगाइएको छ भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना र भौतिक दूरी कायम गरी बढीमा १५ जनामा सीमित गर्ने निर्णय गरिएको सीडीओ भट्टराईले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *