TodayPati

प्रदेश २ : ओली पक्षमा लागेपछि प्रदेश सांसद पद गुमेका तीन नेताको रिट सर्वोच्चद्वारा खारेज

टुडेपाटी-
जनकपुरधाम, जेठ १९ गते ।

नेकपा माओवादी केन्द्रको कारबाहीमा प्रदेश सांसद पद गुमाएका तीनजना नेताको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

नेकपा विभाजन पश्चात नेकपा एमालेको ओलि पक्षमा लागेका प्रदेश सांसद रामचन्द्र मण्डल, कुन्दन प्रसाद कुशवाहा र मोहम्मद समीर र ज्वाला साहको पद खारेज गरेको थियो ।

Sponsored

जसमध्ये ज्वाला साहबाहेक तीनैजना निवर्तमान प्रदेश सांसदले आफुहरु माओवादी केन्द्रमा रहेको दावी गर्दै गएको जेठ १३ गते सर्वोच्च अदालतमा प्रदेशसभा सचिवालय, निर्वाचन आयोग र नेकपा माओवादी केन्द्र विरुद्ध रिट दर्ता गराएका थिए ।

बुधबार सर्वोच्च अदालतले सूचना टाँस गर्दै सो रिट अनुसार अन्तरिम आदेश जारी नहुने जनाएको छ । तीनैजनाले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको माओवादी केन्द्र धनुषाका सचिव दिपक यादवले जानकारी दिए ।

तीनजना मध्ये मो.सामिर समानुपातिक सांसद थिए । उनको ठाउँमा माओवादी केन्द्रले गएको वैशाख ३० गते नै वीरगञ्ज उपमहानगरपालिका १२ की पशमिना कादरीलाई प्रदेश सांसद नियुक्त गरेको थियो ।

Sponsored

यस्तो थियो तीनै नेताले दार गरेको रिट

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *