TodayPati

चीनले दिएको भेरोसेल खोप जेठ २५ गतेदेखि जेष्ठ नागरिकलाई दिइने

टुडेपाटी-

जनकपुरधाम, जेठ १९ गते ।

चीन सरकारबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको भेरोसेल खोप जेष्ठ नागरिकलाई दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त खोप जेठ २५ गतेदेखि देशभरका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दिइने भएको हो ।

Sponsored

मन्त्रालयका अनुसार चीनले अनुदानमा दिएको १० लाखमध्ये ९ लाख डोज खोप नेपाल आइपुगेको छ । त्यस्तै, बाँकी एक लाख आज (बुधबार) काठमाडौं आइपुग्ने बताइएको छ ।

६० देखि ६४ वर्षका नागरिकको संख्या ८ लाख ५४ हजार रहेका मन्त्रालयले जनाएको छ । भेरोसेल खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य गरिएको मन्त्रालयले जनाएको छ ।

उक्त भरोसेल खोपको पहिलो डोज लगाउने ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो डोजको सुनिश्चितता हुने गरी व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *