TodayPati

भारतमा ५४ दिनयताकै सबैभन्दा थोरै संक्रमित, कोरोनामुक्त हुनेको दर ९३ प्रतिशत

टुडेपाटी-
जनकपुरधाम, जेठ १८ गते ।

कोरोनाको प्रभाव दैनिक घटिरहेको भारतमा गएको २४ घण्टामा १ लाख २७ हजार ५१० संक्रमित थपिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमितको यो संख्या ५४ दिनयताकै सबैभन्दा थोरै हो ।

Sponsored

१ लाख २७ हजार संक्रमित थपिँदा सोही अवधिमा भारतमा २ लाख ५५ हजार २८७ कोरोनामुक्त भएको बताइएको छ ।

मन्त्रालयका अनुसार कोरोनाको प्रभाव भारतमा यतिबेला निकै कम भएको छ ।

यतिबेला भारतमा कोरोना संक्रमित हुने दर ६.६२ प्रतिशतमा झर्दा र कोरोनामुक्त हुनेको दर ९२.०९ प्रतिशत पुगेको छ ।

Sponsored

पछिल्लो ८ दिनको तथ्यांकलाई हेर्दा कोरोनामुक्त हुनेको दर ९० प्रतिशतभन्दा माथि छ । साथै संक्रमित हुनेको दर १० प्रतिशतभन्दा कम छ ।

हालसम्म भारतमा २ करोड ५९ लाख ४७ हजार कोरोनामुक्त भइसकेका छन् । ३ लाख ३१ हजार कोरोना संक्रमितको मृत्यु भएको भारतमा अहिले १८ लाख ९५ हजार सक्रिय संक्रमित छन् ।

भारतमा हालसम्म भने २ करोड ८१ लाख ७५ हजारमा कोरोना पुष्टि भइसकेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *