TodayPati

प्रदेश २ सरकार बजेट अधिवेशन आह्वान गर्ने तयारीमा

टुडेपाटी-
जनकपुरधाम, जेठ १७ गते ।

प्रदेश २ सरकारले प्रदेशसभाको चालु पाँचौं अधिवेशन अन्त्य गर्दै बजेट अधिवेशन आह्वान गर्ने तयारी गरेको छ । प्रदेश सरकारले आगामी जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले चालु पाँचौ अधिवेशन अन्त्य गर्ने तथा आगामी २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।

Sponsored

गत चैत ३० गतेदेखि प्रदेशको पाँचौं अधिवेशन शुरु भएको थियो । चैत ३० र वैशाख १० गते गरी पाँचौं अधिवेशनको दुईवटा बैठकमात्रै बसेको थियो । तेस्रो बैठक वैशाख १४ गतेका लागि आह्वान गरिएपनि प्रदेशसभाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो । स्थगित बैठक हालसम्म पनि बस्न सकेको छैन ।

संघीय सरकारले जेठ १५ र प्रदेश सरकारले अषाढ १ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *