TodayPati

सर्लाहीमा एकै परिवारका १४ जनामा कोरोना संक्रमण, हजुरबुबादेखि नातिनीसम्म संक्रमित

टुडेपाटी-
सर्लाही, जेठ १६ गते ।

सर्लाहीको हरिवन नगरपालिकामा एकै परिवारका १४ जनामा कोरोना संक्रमण देखिएको छ ।

हरिवन नगरपालिका-७ घुर्कौलीस्थित एकै परिवारमा ५१ वर्षीय हजुरबुबादेखि ९ वर्षीया नातिनीसम्म गरी १४ जना संक्रमित भएका हुन् । उक्त वडामा हालसम्म जम्मा १५ जना मात्र संक्रमित देखिएकामा एकै परिवारका १४ जनालाई पोजेटिभ देखिएको हो ।

Sponsored

घुर्कौलीको कुशवाहा टोलका एकै परिवारमा १४ जना कोरोना संक्रमण देखिएको वडाध्यक्ष नेत्रप्रसाद मैनालीले जानकारी दिए । शुरूमा वैशाख २९ गते परीक्षण गराउँदा ५१ वर्षीय पुरुषका भाइ-बुहारीमा कोरोना पोजेटिभ देखिएको थियो ।

जेठ ५ र ७ गते परिवारका अन्य सदस्यको पनि स्वाब परीक्षण गर्दा थप १२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हरिवन नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । त्यस्तै, हरिवन नगरपालिका वडा नं. ११ मा पनि एउटै परिवारमा ५ जनासम्म संक्रमित भएको वडाध्यक्ष शेख मेहबुब रेजाले बताए । 

हरिवनस्थित बैंक तथा वित्तीय संस्था, सरकारी एवम्‌ गैरसरकारी कार्यालयमा कार्यरत कर्मचारी सहित ४८६ जनाको परीक्षण गरिएको छ । हरिवन नगरपालिकाले ४५२ जनाको पीसीआर तथा ३४ जनाको एन्टिजेन गराएको र जसमध्ये २४१ जनामा पोजेटिभ देखिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

Sponsored

हरिवन नगरपालिकाका मेयर प्रसाईंले संक्रमितको परिवारका सदस्य, आफन्त एवम्‌ कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूको निरन्तर थ्रोट स्वाब संकलन गर्ने र कोरोना भाइरस संक्रमण फैलन नदिन यथाशक्य पहल भइरहेको जानकारी दिए ।

कोरोना महामारीको दोस्रो लहरमा हरिवन नगरपालिका सर्लाहीमै सबैभन्दा बढी आफ्ना नागरिकलाई कोरोना भाइरस परीक्षण गराउने पालिका बनेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *