TodayPati

मधेशी एकताको दुश्मन मधेशमा जातीपातीमा आधारित व्यवस्था : रामकुमार शर्मा

रामकुमार शर्मा-

मधेसी एकताको दुश्मन मधेसमा बिधमान जातीपातीमा आधारित समाजिक व्यवस्था हो,

मधेसलाई अन्याय, अत्याचार एंव शोषण दमन बाट मुक्त गर्न हिडेका नेतृत्वहरू आफै जातीपातीबाट मूक्त छैनन्, बरू घोर जातीवादी छन् ।

Sponsored

अहिले समाजिक संन्जालमा देखिएको बहसबाट नै स्पष्ट हुन्छ, मधेसको आजादि (स्वतन्त्र, स्वायत्तता एंव आत्मनिर्णयको अधिकार) को लागि दशकौंदेखि संघर्षरत पार्टीका कार्यकर्ता एंव नेताहरूको बहस कति बिचार राजनीति, बिकास समृद्धि, इमान जमान मा केन्द्रित छ वा जातीपाती र हनुमान गिरी मा केन्द्रित छ । यसको सबभन्दा ठूलो प्रमाण मधेसका ठुला भनिएका प्रमुख नेताहरू हारको डरले आ-आफ्नो निर्वाचन क्षेत्र छाडेर आफ्नो जात भएको क्षेत्रबाट लडेका छन् । उनीहरूलाई मधेसी भन्दा आ-आफ्नो जात प्रति नै बढी बिश्वास छ ।

मधेस केन्द्रित राजनीति पार्टीहरु संग मेरो निवेदन छ, तपाईहरू आफ्नो बार्षिक कार्यक्रममा एक कार्यक्रम राख्नुहोस् अन्तरजातिय बिवाह र यस प्रकार प्रति बर्ष हजारौ बैवाहिक कार्यक्रमको आयोजन गर्नुहोस् । सकिन्छ भन्ने सामूहिक रूपमा प्रादेशिक तथा स्थानीय सरकारले आफ्नो आयोजनमा अन्तरजातिय बिवाहलाई आयोजन गरेर प्रोत्साहन गर्नुहोस् । मधेसको ७५% समस्या आफै समाधान हुन्छ ।

मैले यो लेखे पछि स्वाभाविक रूपमा प्रश्न आउछ कि तपाई अरूलाई ज्ञान दिनु हुन्छ तर, तपाई आफ्नो जीवन र व्यवहारमा यसलाई कति लागु गर्नूभएको हो ? तपाईहरूको जानकारीको लागि म यो निवेदन गर्न चाहन्छु कि म आफै अन्तरजातिय अन्तर क्षेत्रिय बिवाह गरेको हुँ ।

Sponsored

मेरो तीनै सन्तानलाई आफु खुशी बिवाह गर्ने स्वतन्त्रता दिएको छु र मेरो परिवारमा मैथिल ब्राम्हण, खस बाहुन, क्षेत्री र बैश्य समुदाय रबाट बिवाह भएको छ । र सबैजना समाजमा स्थापित र खुशी हुनुहुन्छ ।

( लेखक नेकपा माअोवादी केन्द्रका केन्द्रीय सदस्य हुनुहुन्छ )

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *