TodayPati

विभाजन हुँदै जसपा

टुडेपाटी-
जनकपुरधाम, जेठ १६ गते ।

जसपा विभाजनको अन्तिम चरणमा  पुगेको छ । शनिबार  महन्त ठाकुर र उपेद्र यादव पक्षले एकले अर्कालाई पार्टीबाट निष्कासनको चेतावनी  दिँदै २४ घण्टे अल्टिमेटम सहित स्पष्टीकरण सोधेको थियो । त्यो समय अाज पूरा हुँदैछ ।

उपेन्द्र यादव पक्षले शनिबार नै ठाकुरसहित जसपाका चार नेतालाई दोश्रो पटक २४ घण्टे अल्टिमेमसहित चित्त बुझ्दो जवाफ नआए पार्टीबाट निष्काशनको चेतावनी सहित स्पष्टीकरण सोधेको थियो भने ठाकुरले यादवलाई
२४ घण्टे अल्टिमेटमसहित निष्काशनको चेतावनी सहित बस्पष्टीकरण सोधेको थियो ।

Sponsored

दुवैले दुवैलाई स्पष्टीकरणका लागि दिएको २४ घण्टे अल्टिमेटम आज सकिने र दुवै पक्षले एकअर्कालाई पार्टीबाट निष्कासन गर्ने सम्भावना रहेको जसपाकै नेताहरू बताउँछन् ।

जसले गर्दा जसपा पार्टी विभाजन हुने प्रबल सम्भावना छ। त्यसपछि आधिकारिताका लागि दुवै पक्ष निर्वाचन आयोग धाउने सम्भावना देखिन्छ।

ठाकुर पक्ष प्रधानमन्त्री ओलीको समर्थन र यादव पक्ष विपक्षी गठबन्धनका पक्षमा लागेका कारण कुरा नमिलेको हो ।

Sponsored

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी २०७७ वैशाखमा एकीकरण गरी जसपा बनेको हो। तर एकीकरण प्रक्रिया टुंगो नलाग्दै सत्ता समीकरणका विषयमा दुई धार देखिएपछि जसपा फुटको संघारमा पुगेको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *