TodayPati

प्रादेशिक अस्पताल जनकपुरको प्रतिवेदन तयार गर्न प्रदेश सरकारद्वारा उच्चस्तरीय समिति गठन

टुडेपाटी-
जनकपुरधाम, जेठ १५ गते ।

प्रदेश २ सरकारले प्रादेशिक अस्पताल जनकपुरधामको समग्र सेवासुविधा सम्बन्धी प्रतिवेदन तयार गर्न उच्चस्तरीय तीन सदस्यीय समिति गठन गरेको छ ।

अस्पतालको सेवा सुविधामा समस्या रहेको जनगुनासो बढेपछि मुख्यमन्त्री लालबाबु राउतले अस्पतालको अवस्थाबारे जानकारी लिन सरोकारवालासहित अस्पतालका वरिष्ठ चिकित्सकहरुलाई बैठकमा बोलाउनु भएको थियो ।

मुख्यमन्त्री निवासमा आयोजित बैठकमा मुख्यमन्त्री राउतले अस्पताल कहिलेसम्म र कसरी सुध्रिने प्रश्नको जबाफ अस्पतालका मेसु लगायत चिकित्सकहरुसंग माग्नु भएपछि मेसु लगायतका चिकित्सकहरु अस्पतालको वर्तमान समस्या र त्यसका समाधानका उपायबारे आ–आफ्नो धारणा राख्नु भएको थियो ।
चिकित्सकहरुले दिएको सुझावहरुलाई संकलन गर्दै अस्पतालको समग्र सुधारको भावी कार्ययोजना सम्बन्धी प्रतिवेदन तयार गर्न प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

Sponsored

समाजिक विकास मन्त्रालयका सचिव इम नारायण श्रेष्ठ र प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा सदस्य रहेको उक्त समितिलाई अस्पतालका बरिष्ठ चिकित्सकहरुको सल्लाहमा प्रतिवेदन तैयार गर्ने जिम्मेवारी दिइएको छ ।
४ दिन समय सीमा पाएको समितिले अस्पतालको उपचार , कर्मचारी व्यवस्थापन , प्रतिष्ठान अन्तर्गत गए पछि गरिनु पर्ने संरचनागत परिवर्तन, लगायत अन्य सुविधाहरुलाई समेटेर प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएका छन् ।

बैठकमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह , प्रमुख सचिव गोकर्णमणि दुवाडी , मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, सचिव यम प्रसाद भुषाल , समाजिक विकास मन्त्रालयका सचिव इम नारायण श्रेष्ठ , अस्पताल व्यवस्थापन समितिका अध्यक्ष संजय सिंह सहित समितिका पदाधिकारीहरु, आपूर्ति महाशाखाका निर्देशक डा. प्रमोद कुमार यादव, स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा, अस्पतालका मेसु डा. प्रमोद यादव सहित वरिष्ठ चिकित्सक एवं विभागीय प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

यसअघि शुक्रबार कोभिड संक्रमित बिरामीको उपचारमा हेलचक्रयाइँ नगर्न उच्च अदालत जनकपुरको आदेश दिएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *