TodayPati

रेल सञ्चालनको लागि सरकारले छुट्यायो १० अर्व ३ करोड बजेट

टुडेपाटी-
जनकपुरधाम, जेठ १५ गते ।

सरकारले जयनगर–जनकपुर–कुर्था लगायत दुईवटा रेल सञ्चालनका लागि १० अर्व ३ करोड बजेट विनियोजन गरेको छ ।

सरकारले जयनगर–जनकपुर–कुर्था र जोगबनी–विराटनगर खण्डमा रेल सञ्चालन गर्ने घोषणा गर्न र बर्दिवास रेल्वे स्टेसनको निर्माणका लागि सो बजेट सरकारले छुट्याएको हो ।

Sponsored

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वार्षिक बजेट प्रस्तुत गर्ने क्रममा सो घोषणा गरेका हुन् ।

पूर्वपश्चिम रेलमार्ग अन्तर्गत निजगढ–वर्दिबास रेलमार्गको ट्रयाक बेड निर्माण सम्पन्न गर्ने पनि घोषणा गरिएको छ।

सरकारले काकडभित्ता–इनरुवा खण्डको जग्गा अधिकारणको काम सम्पन्न गरिने जनाएको छ।

Sponsored

रक्सौल–काठमाडौं र केरुङ–काठमाडौंको विस्तृत परियोजना प्रतिवेदन तयार पारिने सरकारले दाबी छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *