TodayPati

जसपा विभाजनको अन्तिम मोडमा, एकले अर्कालाई निष्काशनको चेतावनी

टुडेपाटी-
जनकपुरधाम, जेठ १५ गते ।

जसपा विभाजनको अन्तिम मोडमा पुगेको छ । महन्त ठाकुर र उपेद्र यादव पक्षले एकले अर्कामाथि कारबाहीको चेतावनी दिँदै २४ घण्टे अल्टिमेटम सहित स्पष्टीकरण सोधेको छ ।

उपेन्द्र यादव पक्षले शनिबार नै जसपाका चार नेतालाई दोश्रो पटक २४ घण्टे अल्टिमेमसहित चित्त बुझ्दो जवाफ नआए पार्टीबाट निष्काशनको चेतावनी सहित स्पष्टीकरण सोधेको छ ।

Sponsored

यादवले यस्तो चेतावनीसहितको स्पष्टीकरण सोधेको केहि घण्टा भित्रै महन्त ठाकुरले उपेन्द्र यादवलाई समेत २४ घण्टे अल्टिमेटमसहित बस्पष्टीकरण सोधेको हो । चित्त बुझ्दो जवाफ नआए पार्टीबाट निष्काशन गर्ने चेतावनी ठाकुर पक्षले पनि दिएको हो ।

यसले जसपा भित्रको विवाद चरम उत्कर्षमा पुगेको आकलन गरिएको छ । सम्भवत एकले अर्का पक्षलाई कारबाही गरे जसपा विभाजन हुने बताइएको छ ।
यस्तो छ दुबै पक्षले एक आर्कालाई निष्काशनको चेतावनी सहित मागेको स्पष्टीकरण पत्र ।

mahanta spastikaran
No photo description available.

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *