TodayPati

देशभर ४ हजार ४८७ जना कोरोना संक्रमित थपिए, ६ हजार ८० जना संक्रमणमुक्त

टुडेपाटी-
जनकपुरधाम, जेठ १५ गते ।

 देशभर पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ ।

त्यस्तै शनिबार देशभर ११६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Sponsored

हाल देशभर १ लाख ११ हजार ५०९ जना सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ८० जना संक्रमित डिस्चार्ज भएका छन् । गत २४ घण्टामा १४ हजार ६ पीसीआर र ७४६ एन्टिजेन परीक्षण गरिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *