TodayPati

जसपा विवाद : उपेन्द्र पक्षले महन्थसहित चार नेतालाई पुनः सोध्यो स्पष्टीकरण, पार्टीबाट निकाल्ने चेतावनी

टुडेपाटी-
काठमाडौं, जेठ १५ गते ।

जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले महन्थ ठाकुरसहित चार नेतालाई पुनः स्पष्टीकरण सोधेको छ । 

शनिबार पुनः पत्र पठाउँदै ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पुनः स्पष्टीकरण सोधिएको हो । पार्टी केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीको हस्ताक्षरमा जारी स्पष्टीकरण पत्रमा उनीहरुलाई २४ घण्टाभित्र चित्तबुझ्दो जवाफसहित उपस्थित हुन भनिएको छ । 

Sponsored

उनीहरु चारै जनालाई जेठ ११ गते ३ दिनको म्याद दिएर स्पष्टीकरण सोधिएको थियो । उनीहरुले स्पष्टीकरण नदिएपछि पुनः पत्र पठाइएको हो । 

यसपटक पनि जवाफ नदिए पार्टीबाट निष्काशन गर्ने चेतावनी दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गरेको र संसद विघटनमा साथ दिएको भन्दै उनीहरुलाई स्पष्टीकरण सोधिएको हो ।

जसपामा उपेन्द्र यादव समूह विपक्षी गठबन्धनतिर छ भने महन्थ–राजेन्द्र समूह प्रधानमन्त्री केपी ओली पक्षमा रहेको छ । 

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *