TodayPati

वीरगञ्जका एक व्यक्तिमा कोरोना भाइरस पुष्टी, आइसोलेशनमा उनको परिवार

टुडेपाटी-
वीरगञ्ज, चैत ९ गते ।

वीरगञ्जका एकजनालाई कोरोना भाइरस पोजेटिभ भएको पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिका १० आदर्शनगरका ६७ वर्षीय शिवकुमार रुंगटालाई पटना मेडिकल कलेजमा चेकजाँच गराउने क्रममा कोरोना संक्रमणको पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले आज पुष्टी भएको सार्वजनिक गरेका हुन् ।

Sponsored

भारतबाट सात दिनपहिले नेपाल फर्केका रुंगटा चारदिनअघि अस्वस्थ भएपछि वीरगञ्जको एक अस्पतालमा प्रारम्भिक उपचार गराई थप उपचारका लागि पटना पुगेका थिए। उनको मिर्गौला प्रत्यारोपणा गरिएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसनमा राखिएको छ । साथैउनको परिवारलाई पनि आइसोलेसनमा राखेको भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरे पनि स्थानीय स्तरमा यसको अधिकारीक पुष्टी भएको छैन ।

अस्पतालको अर्को रिपोर्टले ती व्यक्तिमा कोरोना नभएको पुष्टि

पर्साको वीरगञ्ज महानगरपालिकाका शिवकुमार रुगंटामा कोरोना भाइरस संक्रमण भएको आशंका गरिए पनि उनको रिपोर्ट नेगेटिभ आएको छ।

Sponsored

वीरगञ्ज आदर्शनगरका ५२ वर्षीय शिवकुमार रुगंटामा यसअघि कोरोना संक्रमण जाँचको रिपोर्ट पोजेटिभ आएको भनिए पनि आइतबार साँझको रिपोर्ट नेगेटिभ आएको हो।

भारत पटनाको राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्यूट अफ मेडिकल साइन्सेजले आइतबार साँझ शिवकुमारमा कोरोना संक्रमण नभएको रिपोर्ट दिएको हो।

आइतबार परिवारका सदस्यले पर्साका प्रमुख जिल्ला अधिकारी र वीरगञ्जका एसपीलाई पटनामा उपचार गराइरहेका शिव कुमारमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको जानकारी दिएपछि वीरगञ्ज महानगरको आकस्मिक बैठक समेत बसेको थियो

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *