सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीद्वारा ४३० कैदीलाई माफी
टुडेपाटी-
जनकपुरधाम, जेठ १४ गते ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ४३० कैदीको भुक्तान हुन बाँकी कैद मिनाहा गरी माफी दिएकी छन् ।
मन्त्रिपरिषदको जेठ १३ गतेको निर्णय अनुसार भण्डारीले उक्त संख्याका कैदीहरूको यहि जेठ १५ गतेबाट लागू हुनेगरी कैद मिनाहाको घोषणा गरेकी हुन् ।
उनीहरुको कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।