TodayPati

धनुषाको महेन्द्रनगरमा कोरोनाको मिल्दोजुल्दो लक्षण भएका ५ जनाको मृत्यु, गाउँमा त्रास

सम्राटराज खनाल-
धनुषा, जेठ १४ गते ।

धनुषाको महेन्द्रनगरमा कोरोनाको मिल्दोजुल्दो लक्षण भएका ५ जनाको मृत्यु भएको छ । क्षिरेश्वरनाथ नगरपालिकास्थित कुचाइ टोलमा ५ घण्टाको अवधिमा दिन दुई छिमेकीको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय रामसत सदा र सुगीया देवी रहेका छन् ।

त्यस्तै करिब एक हप्ताको अवधिमा अन्य तीनजनाको मृत्यु भएको छ । यी दुबै मृतकसँगै कुल मृत्यु हुनेको संख्या ५ पुगेको छ । कुचाइ टोलमा केही दिनकै अन्तराल धमाधम मृतकले ज्यान गुमाउन थालेपछि गाउँलमा त्रास फैलिएको छ ।

Sponsored

मृत्यु हुनेमा अन्दाजी ६० वर्षीया सीतादेवी, ६० वर्षीय रामसत,५५ वर्षीया सुगियादेवी,२१ वर्षीय एक युवक र ७० वर्षीय एक वृद्ध रहेका छन् ।

उनीहरूमा सामान्य जोरो, रुघाखोकी जस्ता लक्षण रहेको मृतका आफन्तले बताएका छन् । कसैकसैमा भने कुनै लक्षण नै नदेखिएकोसमेत बताइएको छ ।

मृतकहरु दलित समुदायको भएको हुनाले दैनिक ज्याला, मजदुरी गरी जीविकोपार्जन गर्नुपर्ने बाध्यताका कारण निषेधाज्ञाको समयमा पनि घरबाहिर जानुपर्ने भएको कोरोना बाहिरबाट सरेर गाउँमा आउनसक्ने सम्भावना रहेको स्थानीयले अनुमान गरेका छन् ।

Sponsored

मृतक पाँचै जनामध्ये कसैको पीसीआर परीक्षण भएको छैन ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *