TodayPati

कोरोनाबाट अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमणमुक्त, ९६ जनाको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, जेठ १४ गते ।

पछिल्लो २४ घण्टामा ९ हजार ८४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । एकै दिन संक्रमणमुक्त हुने यो अहिलेसम्मकै धेरै संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक संख्या पनि घटेर १०० भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९६ जनाको मृत्यु भएको छ र त्यस्तै आज ६ हजार ९५१ जनामा संक्रमण पुष्टि भएको छ ।

Sponsored

१९ हजार ३१३ पीसीआर परीक्षणमा ६८५५ र ७९७ एन्टिजेन परीक्षणमा ९६ जना गरी ६९५१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ मा झरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *