TodayPati

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ११ हजार संक्रमित थपिए, ३८ सय ४७ जनाको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, जेठ १३ गते ।

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ११ हजारभन्दा धेरै नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, कोरोना संक्रमणबाट ३ हजार ८४७ जनाको मृत्यु भएको छ ।

यससँगै भारतमा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख १५ हजार २३५ पुगेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

Sponsored

पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा सबैभन्दा धेरै ३३ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने केरलामा नयाँ संक्रमितको संख्या २८ हजारभन्दा बढी छ । यस्तै कर्नाटकमा २६ हजारभन्दा बढी नयाँ संक्रमित थपिँदा महाराष्ट्रमा पनि नयाँ संक्रमितको संख्या २४ हजारभन्दा बढी छ ।

भारतमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २ करोड ७३ लाख ६९ हजार नाघेको छ । संक्रिय संक्रमित भने २४ लाख १९ हजार छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *