TodayPati

कोरोना कहर : प्रदेश २ का तीन प्रतिशत नागरिकले गराए पीसीआर परिक्षण

टुडेपाटी-
जनकपुरधाम, जेठ १३ गते ।

कोरोना महामारी फैलिएयता प्रदेश २ का झण्डै ३ प्रतिशत नागरिकले पीसीआर परिक्षण गराएका छन् ।

मुख्यमन्त्री लालबाबु राउतले बिहीबार कोरोना महामारीको पछिल्लो अवस्थाबारे जानकारी लिन बोलाएको सरोकारबलाहरुको बैठकमा प्रस्तुत गरिएको तथ्यांकमा झण्डै तीन प्रतिशत नागरिकले पिसिआर परीक्षण गराएको उल्लेख छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले प्रदेशमा ६० लाख जनसंख्या रहेको अनुमान गर्दै त्यसको २ दशमलव ९८ प्रतिशत अर्थात एक लाख ७८ हजार ६३१ जनाले पिसिआर परिक्षण गराएको जानकारी दिए ।

Sponsored

उनले पिसिआर परिक्षण गराएकाहरु मध्ये १७ दशमलब ४७ प्रतिशत अर्थात ३१ हजार २२३ जना संक्रमित देखिएकोमा हाल ११ हजार ५ सय ५९ जना सक्रिय संक्रमित रहेको जानकारीसमेत गराएका हुन् ।

स्वास्थ्य निर्देशनालयले प्रस्तुत गरेको तथ्यांक अनुसार हाल अस्पतालमा ७३४ जना उपचार गराई रहेका छन भने १० हजार ६२५ जना होम आइसोलेशनमा रहेको छ । कोरोना संक्रमणका कारण प्रदेशमा हालसम्म ६०३ जनाको मृत्यु भएको छ ।

कोरोना महामारीको दोस्रो लहरको संक्रमण दर समेत पछिल्लो समयमा घटदो क्रममा गएको छ।
२४ घण्टामा ५६० सम्म पुगेको संक्रमण दर बुधवार ३४४ मा झरेको निर्देशक झाले व्रिफिङ्गको क्रममा जानकारी गराएका हुन् । तर, उक्त दर फेरि पनि बढ्न सक्ने सम्भावना कायमै रहेको हुनाले सतर्कता अपाउन आवश्यक रहेको सुझाए ।

Sponsored

बैठकमा उपस्थित अन्य सरोकारबालाहरुले हाल कोरोना संक्रमण रोकथाम, उपचार र नियन्त्रणका विषय आ–आफनो निकायबाट भइरहेको प्रयासहरुबारे जानकारी गराएका थिए ।
बैठकमा समाजिक विकासमन्त्री नवलकिशोर साह, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, मुख्यन्यायधिवक्ता दीपेन्द्र झा, प्रमुख सचिव गोकर्णमणि दुवाडी सहितको उपस्थिति रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *