TodayPati

पर्सामा जेठ २० गतेसम्मका लागि निषेधाज्ञा थपियो

टुडेपाटी-
पर्सा, जेठ १२ गते ।

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै थपिदै आएको निषेधाज्ञा पर्सामा फेरि एक साताका लागि बढाइएको छ ।

बुधबार अपरान्ह बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ १३ गते बिहीबारसम्मका लागि लगाइएको निषेधाज्ञा जेठ २० गते सम्मका लागि थप्ने निर्णय गरेको हो ।

Sponsored

जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञा संक्रमणको साङगलो तोड्न (चेनब्रेक) उपयोगी देखिएकाले जेठ २० गते मध्यराति १२ बजे सम्मका लागि थप्ने निर्णय गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

दोश्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि पर्सा जिल्लामा वैशाख १६ गतेबाट लगाइएको निषेधाज्ञा पहिलो पटक वैशाख २३ गतेबाट पुनः थप गरी वैशाख ३० गतेसम्मका लागि लम्ब्याइएको थियो ।

त्यसपछि दोस्रो पटक वैशाख ३० गतेबाट जेठ ६ गते सम्मका लागि र तेस्रो पटक थप गरी जेठ १३ गते बिहीबारसम्मका लागि निषेधाज्ञा थपिएको थियो । निषेधाज्ञा लगाएयता जिल्लामा संक्रमण दर घट्दै गएकाले बुधबार डिसिसिएमसीको बैठक बसेर थप एक साता अर्थात् जेठ २० गते सम्मका लागि थप्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *