TodayPati

सिरहामा प्रधानमन्त्री ओली र जसपाका अध्यक्ष ठाकुरको पुत्ला दहन

टुडेपाटी-
सिरहा, जेठ १२ गते ।

सिरहाको सखुवानन्कारकट्टीमा प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको पुत्ला जलाइएको छ ।

जसपाका नेता तथा कार्यकर्ताले आफ्ना पार्टीका अध्यक्ष ठाकुर र प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हन् ।

Sponsored

प्रधानमन्त्री ओली प्रतिगमनकारी हुन् र उनका लागि साथ दिने अध्यक्ष ठाकुर पनि प्रतिगामी भएका हुनाले विरोध स्वरुप उनीहरुको पुत्ला जलाइएको जसपा नेपालका स्थानीय नेता दीपेश यादवले बताए । जसपा नेपालका अध्यक्ष ठाकुर प्रधानमन्त्री ओलीलाई साथ दिएका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादवले काँग्रेस, माओवादी केन्द्रसँग मिलेर गठबन्धन बनाएका छन् ।

एउटै पार्टी सत्ता समीकरणका लागि विभाजित अवस्थामा पुगेको छ । दुवै पक्षका नेता तथा कार्यकर्ताले एक अर्कामाथि आरोप लगाएर विरोध गरिरहेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *