TodayPati

ठूलो भीड जम्मा गरेर नागरिकता बाँडेको हल्ला निराधार : जिप्रका पर्सा

टुडेपाटी-
वीरगञ्ज, जेठ १२ गते ।

निषेधाज्ञा अवधिमा ठूलो भिडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको हल्लाको जिल्ला प्रशासन कार्यालय पर्साले खण्डन गरेको छ । कार्यालयले एक बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै नागरिकता वितरण गरेको हल्ला निराधार रहेको बताएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जारी गरेको सूचनामा जिल्ला प्रशासन कार्यालयको नाम जोडेर हालै समाजिक सञ्जालमा नागरिकता वितरण सम्बन्धी विषयलाई लिएका भएका पोष्ट र आएका समाचारहरु प्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Sponsored

कोरोना संक्रमणलाई मध्यजनर गर्दै यसलाई नियन्त्रण, रोकथाम र संक्रमणको श्रृंखला तोड्न बैशाख १६ गते देखि नै पर्सा जिल्लाभर लागु हुने गरी निषेधाज्ञा लागु गरिएको र हालसम्म जारी रहेको अवस्थामा कार्यालयमा अत्यावश्यक काम बाहेक अन्य सबै प्रकारका सेवा प्रवाह हाल स्थगन गरिएको विज्ञप्तीमा उल्लेख छ ।

त्यसैले नागरिकता वितरणको कार्य पनि यस निषेधाज्ञा अवधिमा नगरिएको एंव नभएको विज्ञप्तिमा भनिएको छ ।
सामाजिक सञ्जालमा भाइरल बनाईएको भिडियो फुटेज पुरानो रहेको प्रशासनले विज्ञप्तीमा मार्फत स्पष्ट पार्दैं समाचारहरु आधारहीन, सत्य र कपोल कल्पित रहेको जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *