TodayPati

उपेन्द्र यादवले पनि सोधे महन्त ठाकुरलाई ९ बुँदे स्पष्टीकरण

टुडेपाटी-
जनकपुरधाम, जेठ १२ गते ।

जनता समाजवादी पार्टीको विवाद उत्कर्षमा पुगेको छ । उपेन्द्र यादव पक्ष सत्तको विपक्ष र महन्त ठाकुर पक्ष सत्ताको पक्षमा लग्दा केहिदिन यता जसपा भित्रको विवाद मौलाएको हो ।

पछिल्लो समय एकपक्षले अर्का पक्षलाई कारबाहीको चेतावनी सहित स्पष्टीकरण सोध्ने क्रम चलेको छ ।

Sponsored

ठाकुरले उपेन्द्र यदवलाई ७ बुँदे स्पष्टीकरण सोधेको केहि घण्टा फरक अन्तरालमा ओपेन्द्र यादवले ठाकुरलाई ९ बुँदे स्पष्टीकरण सोधे को हो ।
यादव पक्षले ठाकुरलाई सोधेको स्पष्टीकरण पत्रमा लेखिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीतिविपरीत किन साथ दिएको ?’

पार्टी केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले लेखेको पत्रमा जेठ ८ गते सम्पन्न कार्यकारिणी समितिको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको उल्लेख छ ।

अनुशासनको कारवाही सम्बन्धी व्यवस्था अनुसार पार्टी विधानको धारा ४९ बमोजिम स्पष्टीकरण सोधिएको जनाइएको छ ।
ठाकुरलाई तीनदिन भित्र जवाफ पेश गर्न पत्रमा भनिएको छ ।

Sponsored

No description available.
No description available.

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *