TodayPati

जसपा विवाद उत्कर्षमा, ठाकुरले सोधे उपेन्द्र यादवलाई स्पष्टीकरण

टुडेपाटी-
जनकपुरधाम, जेठ १२ गते ।

जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेको छ।

पार्टीमा निर्णय नगरी कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेको विषयमा ठाकुरले यादवलाई प्रश्न गरेका हुन् ।

Sponsored

यस्तै ८ र ९ गतेको कार्यकारिणी बैठक आफूले स्थगित गर्दा एकल अध्यक्षता गर्दै किन राखिएको भन्दै स्पष्टीकरण सोधेका छन् ।

ठाकुरले सोधेको स्पष्टीकरणमा यादवले पार्टी हित विपरित निर्णय लिएको आरोप लगाइएको छ। सर्वोच्च अदालतमा पार्टी निर्णय विपरित रिट दर्ता गरेको भन्दै आपत्ति जनाएका छन् ।

आफ्नो जानकारी विपरित पार्टीको बैठक राखि लुम्बिनी प्रदेशका ४ सांसदलाई कारबाही गरेको विषयमा पनि ठाकुरले स्पष्टीकरण मागेका हुन् ।

Sponsored

ठाकुरले यादवलाई ३ दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफ पठाउन भनेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *