TodayPati

जनकपुरमा उपेन्द्र यादवसहित पाँच शीर्ष नेताको पुत्ला जलाइयो

टुडेपाटी-
जनकपुरधाम, जेठ ११ गते ।

जनकपुरमा सत्ता पक्षका युवा संगठनले विपक्षी दलका पाँच शीर्ष नेताको पुत्ला जलाएका छन् ।

नेकपा एमाले निकट युवा संघको नेतृत्वमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जसपाकै संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको पुत्ला जलाइएको हो ।

Sponsored

पुत्ला जलाउने क्रममा केहिबेर प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी समेत भएको छ ।

सरकारले जारी गरेको नागरिकता अध्यादेशको विरोध गरेको भन्दै उनीहरुको पुत्ला जलाइएको हो । तराई मधेशको समस्या समाधान गर्न अध्यादेश जारी हुँदा त्यसको विरोध गरेर उनीहररु मधेश विरोधी गतिविधि गरेको युवासंघको आरोप छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *