TodayPati

कोरोनाबाट सप्तरीमा एकैदिन ६ जनाको मृत्यु

शुभ नारायण यादव-
सप्तरी, जेठ ११ गते ।

पछिल्लो २४ घण्टामा सप्तरीमा एक महिला सहित थप छ जना कोरोना सन्क्रमितको मृत्युु भएको छ । राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा तिन जना र विपि कोइराला स्वास्थ्य विज्ञान धरान ,नोवेल अस्पताल ,विराट अस्पतालमा एक एक जना गरि कुल छ जनाको मृत्युु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनिया लाल यादवले जानकारी दिए ।

उनको अनुसार सप्तरीको डाक्नेश्वरि नगरपालिका ७ कि ५० वर्षीय पुरुष, सुरुङगा नगरपालिका ११ का ७५ वर्षीय पुरुष, कञ्चनरुप नगरपालिका ४ का ४६ वर्षीय पुरुषको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्युु भएको जनाएको छ ।

Sponsored

त्यस्तै राजविराज नगरपालिका १ का ६८ वर्षीय पुरुषको बिराटनगर शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्युु भएको छ भने महदेवा गाउपालिका ३ का ७२ बर्षिय र राजविराज नगरपालिका ९ का ७० बर्षिय संक्रमित पुरुषको मृत्युु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यो संगै सप्तरीमा कोरोना संक्रमणबाट दोस्रो कहरमा मृत्युु हुनेको संख्या ५८ पुगेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख यादवले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *