TodayPati

प्रधानमन्त्री र राष्ट्रपतिको विरुद्धमा जुट्यो महोत्तरीका प्रतिपक्षी दल

टुडेपाटी-
महोत्तरी, जेठ ११ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ ७ गते गरेको प्रतिनिधिसभा विघटनलाई महोत्तरीका प्रमुख प्रतिपक्षी दलले कडा विरोध गरेको छ ।

दलहरुले संयुक्त प्रेस विज्ञप्ती निकाल्दैं प्रधानमन्त्री ओलीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरि चालेको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र स्वच्छाचारी कदमको घोर निन्दा र भत्सर्ना गरेको छ ।

Sponsored

नेकपा(माओवादी केन्द्र), नेपाली कांग्रेस, माधव कुमार नोपलमा नेकपा(एमाले) समूह र जनता समाजवादी पार्टी नेपाल(उपेन्द्र समूह)ले संयुक्त प्रेस वक्तव्य निकालेर प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री र राष्ट्रपतिले जनतालाई दुःख दिने र देशलाई निरंकुशता तर्फ लैजाने गरेको कार्यको आमजनसमुदायलाई विरोध गर्न दलहरुले अपिल समेत गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *