TodayPati

देशभर थप ८६३६ जनामा कोरोना संक्रमण, ६ हजार ४०४ जना डिस्चार्ज

टुडेपाटी-
जनकपुरधाम, जेठ ११ गते ।

देशभरमा थप ८६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार १६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२ हजार ३०६ जना र एन्टिजेन विधिबाट ६३० जनाको परीक्षण गर्दा मंगलबार ८६३६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै आज ६ हजार ४०४ जना निको भएका छन् । 

यससँगै देशभर कोरोनाको सक्रिय संक्रमित संख्या १ लाख १७ हजार २६१ पुगेको छ ।

Sponsored

हाल देशभर कुल संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ भने निको हुनेको कुल संख्या ४ लाख ४ हजार ८८७ जना पुगेको छ । 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *