TodayPati

‘यास’ चक्रवातको प्रभावले प्रदेश २ सहित तराई मधेशमा हावाहुरीसंगै वर्षा सुरु

टुडेपाटी-
जनकपुरधाम, जेठ ११ गते ।

बंगालको खाडीमा बनेको ‘यास’ चक्रवातको प्रभावले धनुषासहित तराईका मधेशका जिल्लामा हावाहुरीसंगै वर्षा सुरु भएको छ ।

प्रदेश १ र २ मा पर्ने तराईका सबैजसो जिल्लामा वर्षा सुरु भएको हो।

Sponsored

प्रदेश २ को धनुषा, महोत्तरी, सिरहा, सर्लाही, रौतहट सहित प्रदेश १ का पनि धेरैजसो जिल्लामा मंगलबार बिहानबाट हावाहुरीसँगै वर्षा सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी र मध्य तराईका धेरै जिल्लामा वर्षा भइरहेको छ । पूर्वी तराईको दक्षिणी क्षेत्रबाट नेपाल प्रवेश गरेको यो चक्रवात अब क्रमशः पश्चिमतिर अघि बढिरहेको महाशाखाले जनाएको छ । मौसमविदले ‘यास’ नामाकरण गरेको यो चक्रवात शक्तिशाली हुने बताएका छन् ।

वर्षा सुरु भएसँगै तराईका जिल्लामा विगत केही दिनदेखि बढेको गर्मी घटेको छ। हावाहुरीको कारण प्रदेश २ का कतिपय जिल्लामा विद्युत् आपुर्तीमा समेत समस्या सिर्जना भएको विद्युत् प्राधिकरणले जनाएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *