TodayPati

मधेश विरोधी क्रियाकलाप गरेको भन्दै जनकपुरमा पूर्वप्रधानमन्त्री भट्टराईको पुत्ला दहन

टुडेपाटी-
जनकपुरधाम, जेठ १० गते ।

जनकपुरमा पूर्वप्रधानमन्त्री तथा जसपाका वरिष्ठ नेता बाबुराम भट्टराईको पुत्ला दहन गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका एक वडाध्यक्षको अगुवाइमा भट्टराईको पुत्ला जलाइएको हो ।

सोमबार साँझ जसपाका वरिष्ठ नेतासमेत रहेका भट्टराईको पुत्ला उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकी राम साहको अगुवाइमा जसपाकै नेता कार्यकर्ताले जलाएका छन् । 

Sponsored

जनकपुरधामस्थित तपसी चौकमा जसपाका नेता कार्यकर्ताले पुतला जलाएका थिए । 

नेता भट्टाराईले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी नागरिकता सम्बन्धी अध्यादेशको विरोधमा वक्तव्य दिएपछि आफूहरूले उनको पुत्ला दहन गरेको वडाध्यक्ष साहले बताए ।

उनले मधेशी नागरिकले माग गर्दै आएको नागरिकता सम्बन्धी अध्यादेश जारी गरेर पूरा गरिएको भन्दै यसको विरोध गर्नु मधेश विरोधी कृयाकलाप रहेको उनको भनाइ छ ।

Sponsored

वडाध्यक्ष साह पनि स्वयं जसपाबाटै निर्वाचित जनप्रतिनिधि हुन् । 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *