TodayPati

प्रदेश २ का ३ जिल्लामा तेस्रोपटक निषेधाज्ञा थपियो, धनुषामा जेठ १७ सम्म

टुडेपाटी-
जनकपुरधाम, जेठ १० गते ।

प्रदेश २ का तीन जिल्लामा निषेधाज्ञाको समय बढाइएको छ । दोस्रो लहरमा कोरोना संक्रमण बढिरहेको भन्दै धनुषा, महोत्तरी र सर्लाहीमा तेस्रो पटक निषेधाज्ञा लम्बयाउने निर्णय भएको हो ।

धनुषामा जेठ १० गतेसम्म निषेधाज्ञा जारी रहेकोमा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । अब जेठ १७ गतेसम्मका लागि निषेधाज्ञा कायम रहने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

Sponsored

यस्तै सर्लाहीमा पनि एक साता निषेधाज्ञाको समय बढाइएको छ । प्रमुख जिल्ला अधिकारी हेमराज तामाङका अनुसार १० गतेसम्म निर्धारण गरिएको निषेधाज्ञाको समयलाई बढाएर जेठ १७ गतेसम्म कायम गरिएको छ ।

यस्तै महोत्तरीमा थप १० दिन निषेधाज्ञा लम्बयाइएको छ । जेठ १० सम्म तोकिएको निषेधाज्ञालाई जेठ २० गतेसम्म निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *