TodayPati

बंगालको खाडीमा धेरै शक्तिशाली चक्रवात बन्दै, नेपालमा पनि असरपर्ने, सचेत रहन आग्रह

टुडेपाटी-
जनकपुरधाम, जेठ १० गते ।

बंगालको खाडीमा धेरै शक्तिशाली चक्रवात बनिरहेको छ । चक्रवातको असर नेपालमा पनि पर्ने देखिएकाले आम नागरिकलाई सजग रहन मौसमविद्ले आग्रह गरेका छन् ।

जुन चक्रवातलाई भारतीय मौसमविद्ले यास नामकरण गरेका छन् । भारतमा त यसको भयंकर असर पर्ने भएकाले क्षति कम गर्न व्यापक तयारी भइरहेको भारतीय सञ्चारमामाध्यमले जनाएका छन् ।

Sponsored

नेपालमा पनि त्यसको केही असर पर्ने सम्भावना औंल्याउँदै मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन जारी गरेको हो।

महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै नेपालमा पर्ने चक्रवातको सम्भावित असरबारे विस्तृत जानकारी दिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *