TodayPati

कोरोनाबाट एकैदिन धनुषाका पाँचजनाको मृत्युु

टुडेपाटी-
जनकपुरधाम, जेठ ८ गते ।

कोरोना भाइरसको संक्रमणबाट धनुषामा एकैदिन पाँचजनाको मृत्युु भएको छ ।

पछिल्लो २४ घण्टामा प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा धनुषाका ५ जनाको मृत्युु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Sponsored

मृत्यु हुनेमा बटेश्वर गाउँपालिका- ३ का ३८ वर्षीय युवक, जनकपुरधाम उपमहानगरपालिका – ९ की ६५ वर्षीया महिला , लक्ष्मीनिया गाउँपालिका – ४ का ६५ वर्षीय पुरुष, जनकपुरधाम उपमहानगरपालिका २२ कुर्थाका ६८ वर्षीया महिला र धनुषा कालिपुरका ७५ वर्षीय पुरुष रहेको निर्देशनालयका बरिस्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए ।

लक्ष्मीनिया गाउँपालिकाका मृतक वृद्धको शवलाई जनकपुरका युवा नेता राकेश विक्रम साहको नेतृत्वमा व्यवस्थापन गरिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *