TodayPati

संसद विघटनविरुद्ध राजविराजमा माओवादी केन्द्रको प्रदर्शन

शुभ नारायण यादव-
सप्तरी, जेठ ८ गते ।

सप्तरी सदरमुकाम राजविराजमा संसद विघटन तथा मध्यावधि चुनावको विरोधमा प्रदर्शन गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सप्तरीको आयोजनामा असंवैधानिक कदमको विरोधमा प्रदर्शन गरेको हो ।

जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मध्य राति संसद विघटनको सिफारिस र प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नियुक्ति तथा निर्वाचनको घोषणा गरिनु संविधानमो बर्खिलाप रहेको माओवादी केन्द्रका सप्तरी अध्यक्ष अशोककुमार मण्डलले बताए ।

Sponsored

स्थानीय काली मन्दिरबाट निस्केको र्‍याली नगरको बिभिन्न भागको परिक्रमा पश्चात दर्शन चौकमा पुगेर कोणसभामा परिवर्तन भएको थियोे । आन्दोलनमा सहभागीहरुले असंवैधानिक कदम फिर्ता, कोरोना महामारीको व्यवस्थापनलगायतका नारा समेत लगाएका थिए ।

प्रदर्शनमा पार्टीका प्रदेश सदस्य महेशप्रसाद यादव,अरुण साह,छेदी रजक,जिल्ला सदस्य रामगमन साह,भगवती यादव,जय प्रकाश यादव,हरि नारायण महतो , मोड्डअफतर बाबा,मुकेश यादव,राहुल मण्डल,कृष्णदेव मण्डल,अशोक जयशवाल,प्रमोद मण्डल,राधेश्याम यादव,अशोक मण्डल,अनेरास्बवियूका सप्तरी ईन्चार्य जेपी यादव,पेस संगठनका कार्यालय सदस्य पत्रकार देवराम यादव, दिनानाथ यादव लगायतको उपस्तिथी थियो । र्‍यालीमा सहभागीहरु कोरोना सम्बन्धित स्बास्थ्य मापदण्ड समेत पालना गरेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *