TodayPati

जसपाको अर्को माग पूरा : आमाको नामबाट जन्मसिद्ध नागरिकता पाइने

अजय अनुरागी-

काठमाडौं, जेठ ६ गते ।

सरकारले आमाको नागरिकता भएका सन्तानलाई जन्मसिद्ध आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिने निर्णय गरेको छ ।

Sponsored

बिहीवारको मन्त्रिपरिषद् बैठकले आमाको नेपाली नागारिकता भए सन्तानलाई जन्मसिद्ध नागरिकता प्रमाणपत्र दिने निर्णय गरेको हो ।

आमाको नामबाट सन्तानले नागरिकता नपाइरहेको अवस्थामा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता दिने निर्णय गरेको एक मन्त्रीले बताए ।

त्यस्ता कतिपय पीडितले अदालतमा मुद्दा गरेर मात्र जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाउने गरेका थिए ।

Sponsored

अन्यथा जिल्ला प्रशासन कार्यालयले नागरिकता दिनबाट वञ्चित गर्ने गरेको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले लामो समयदेखि नागरिकताको समस्या समाधानका लागि विधेयक ल्याउन सरकारसँग माग गर्दै आएको थियो । लोकान्तर

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *