TodayPati

आज जानकी नवमी मनाइँदै, कोरोना महामारीले प्रभावित

टुडेपाटी-
जनकपुरधाम, जेठ ६ गते ।

आज घरघरमा पूजाआजा गरी जानकी नवमी मनाइँदै छ । वैशाख शुक्ल नवमीको आर्थात आजकै दिन आदर्श नारी सीताको मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी भव्यतासाथ मनाउँने गरिन्छ ।

तर विश्वरभर फैलिएको कोरोना महामारीको प्रशासन लगाएको निषेधाज्ञाको कारण यसवर्ष पनि प्रभावित भएको छ । गत वर्ष पनि संक्रमण फैलिन नदिन गरिएको निषेधाज्ञाको कारण जानकी नवमी प्रभावित भएको थियो ।

Sponsored

निषेधाज्ञाको कारण मन्दिर बन्द रहेकाले मन्दिर भित्रै विधिपूवर्क पूजा गरी जानकी नवमी मनाइने सहमहन्त रामरोशन दास बैष्णवले टुडेपाटीलाई जानकारी दिए । उनले घरघरमै पूजाअर्चना गरी जानकी नवमी मनाउन श्रद्धालुभक्तजनमा आग्रह गरेका छन् ।

जानकी नवमीको अवसरमा मुख्यमन्त्री लालबाबु राउतले शुभकामना व्यक्त गरेका छन् । एक शुभकामना संदेश जारी गर्दै मुख्यमन्त्री राउतले जानकी नवमीको धार्मिक आस्थाका साथै जनकपुर र प्रदेश २ कै गरिमालाई विश्वमै स्थापित गर्ने महत्वपूर्ण अवसर भएपनि कोरोना फैलिएको कारण भव्यता दिन नसकेको बताएका छन् ।

उनले माता जानकीको पूजा आआफ्नै घरबाट गर्दै कोरोना महामारी अन्त्यको कामना गर्न समेत आह्वान गरेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *