कोरोनाबाट धनुषाका एमाले नेता योगनारायण यादवको मृत्यु
टुडेपाटी-
जनकपुरधाम, जेठ ६ गते ।
कोरोना संक्रमणबाट नेकपा एमाले धनुषाका प्रभावशाली नेता योगनारायण यादवको मृत्यु भएको छ ।
एमालेका केन्द्रिय सदस्य नेता यादवको उपचारको क्रममा काठमाडौं स्थित मेडिसिटी हस्पिटलमा बिहीबार बिहान निधन भएको एमाले धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवले टुडेपाटीलाई जानकारी दिए ।
धनुषाको सबैला नगरपालिका १ मुसहरी टोल निवासी ५२ वर्षीय नेता यादव १४ दिनअघि कोरोना संक्रमित भएका थिए । पछिल्लो समय मृगौला रोगबाटसमेत पीडित नेता यादवलाई संक्रमण पुष्टि भएपछि मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।
उनी २०४६ सालदेखि राजनीतिमा सक्रिय रहेका थिए । यादवको शवलाई काठमाडौंमै व्यवस्थापन गरिने जनाएको छ ।
Sponsored