धनुषामा एकै गाउँका ४६ जनामा कोरोना संक्रमण, अधिकांश होम आइसोलेसनमा
टुडेपाटी-
जनकपुरधाम, जेठ ५ गते ।
धनुषामा एकै गाउँका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मिथिला नगरपालिका वडा नम्बर ११ लोटा गाउँका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमितको लक्षणसँग मिल्दो जुल्दो बिरामीको संख्या गाउँमा बढेपछि नगरपालिकाले ५४ जनाको स्वाव संकलन गरी परिक्षणका लागि प्रादेशिक कोभिड अस्पताल जनकपुर पठाएका थियो ।
त्यसमध्ये मंगलबार आएको रिपोर्टमा ४६ जनामा कोरोना पोजेटिभ देखिएको नगरपालिकाका अधिकृत रचिन्द्र डङ्गोलले जानकारी दिए ।
संक्रमितहरु मध्ये जटिल देखिएका दुई जनाको सिन्धुलीमा उपचार भइरहेको बुझिएको छ भने अन्यको स्वास्थ्य अवस्था सामान्य छ । सामान्य अवस्थाका कोरोना संक्रमितहरु अहिले होम आइसोलेशनमा रहेका छन् ।
संक्रमितहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य टोली त्यस गाउँमा खटाएको अधिकृत डङ्गोलले बताए ।
Sponsored