TodayPati

उपमेयर चौधरीको शोकमा सप्तरीको सबै स्थानीय तह आज बन्द

टुडेपाटी-

सप्तरी, जेठ ५ गते ।

सप्तरीको सबै स्थानीय तह आज बन्द भएको छ । सप्तकोशी नगरपालिकाका उपप्रमुख ३७ वर्षीया आशा चौधरीको मंगलबार भएको निधनप्रति समवेदना प्रकट गर्न जिल्लाका सबै स्थानीय तह बन्द गर्ने निर्णय भएको हो ।

Sponsored

जिल्ला समन्वय समिति सप्तरीको कार्यालयमा स्थानीय तह प्रमुखहरुको मंगलबार बसेको बैठकले स्थानीय तह तथा सो मातहत रहेका सम्पूर्ण शाखा, उपशाखा र वडा कार्यालय बन्द गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् । सप्तरीमा नौ नगरपालिका र नौ गाउँपालिका छन् ।

दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य चौकी, फत्तेपुर मोडल पोलिक्लिनिक हुँदै उपचारका लागि चौधरीलाई विराटनगर लगिएको थियो । सात महिनाकी गर्भवतीसमेत रहेकी चौधरीको विराटनगरस्थित विराट नर्सिङहोम अस्पतालमा मंगलबार मृत्यु भएको हो ।

तीन दिनअघि गर्भमा रहेको शिशुलाई मृतावस्थामा निकालिएको थियो । आइसियुमा राखेर उपचार गर्दा स्वास्थ्यमा सुधार नआएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो । मृतक चौधरीका पति र सात वर्षीय एक छोरा छन् । रासस

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *