लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गयो, प्रदेश २ मा धक्का महसुस
टुडेपाटी-
जनकपुरधाम, जेठ ५ गते ।
लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ ।
पहिलो पटक बिहान ५ बजेर ४२ मिनेटमा भूकम्प गएको छ भने दोश्रो पटक बिहान ८ बजेर २६ मिनेटमा ५.३ म्याग्नेच्युटको भूकम्प गएको भूकम्प मापन के्रन्द्रले जनाएको छ ।
भूकम्पको धक्का प्रदेश २ सहित काठमाडौंमा पनि महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो ।
भूकम्पबाट लमजुङमा केहि घरहरु चर्किएको र भत्केको छ भने केहि मानिसहरु समेत घाइते भएका छन् ।
Sponsored