TodayPati

भारतमा भेटिए २७ दिन पछिकै सबैभन्दा कम संक्रमित, कति जनामा संक्रमण ?

टुडेपाटी-
जनकपुरधाम, जेठ ३ गते ।

भारतमा कोरोना संक्रमणको दरमा लगातार कमी देख्न पाइएको छ । आइतबार भारतमा २ लाख ८१ हजार ६८३ व्यक्तिमा कोरोना पुष्टि भयो । २७ दिनमा आइतबार पहिलो पटक ३ लाखभन्दा कम नयाँ संक्रमितको पहिचान भएको हो । यसअघि २० अप्रिलमा कोरोनाका २।९४ लाख नयाँ संक्रमित देखिएका थिए ।

यद्यपि, कोरोनाका कारण ज्यान गुमाउनेको आँकडामा भने खासै कमी आएको छैन । पछिल्लो २४ घण्टामा यहाँ ४,०९२ जनाको मृत्यु भएको छ । राहतको कुरा के छ भने यतिबेला ३ लाख ७९ हजार ३८८ व्यक्तिले कोरोना जिते पनि । यो एक दिनमा निको हुने दोस्रो सर्वाधिक आँकडा हो । यसअघि ८ मार्चमा ३।८६ लाख व्यक्ति कोरोनाद्वारा निको भएका थिए ।

Sponsored

यसै गरी सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका व्यक्तिको आँकडामा रेकर्ड एक लाख ८४६ को कमी भएको छ । यो देशमा महामारीको सुरुवातपछि सक्रिय संक्रमितमा भएको सबैभन्दा ठूलो गिरावट हो । हाल भारतमा ३५ लाख १२ हजार ६६० कोरोना संक्रमितको उपचार चलिरहेको छ ।

भारतमा कोरोना महामारी आँकडामाः

पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितः २.८१ लाख

Sponsored

पछिल्लो २४ घण्टामा कूल मृत्युः ४,०९२

पछिल्लो २४ घण्टामा निको भएकाः ३.७८ लाख

हालसम्मका कूल संक्रमितः २.४९ करोड

हालसम्म निको भएकाः २.११ करोड

हालसम्म कूल मृत्युः २.७४ लाख

हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३५.१२ लाख

एजेन्सी

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *