माधव नेपालसहित ४ नेतामाथिको कारबाही फुकुवा गर्ने एमालेको निर्णय
टुडेपाटी-
काठमाडौं, वैशाख ३० गते ।
नेकपा एमालेले नेता माधवकुमार नेपालसहित चार नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ ।
बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटीको बैठकले नेपालसहित चार नेतामाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतको २३ फागुनको फैसलासँगै एमाले ब्युँतिएपनि पार्टीभित्र समानान्तर गतिविधि गरेको भन्दै एमालेले यसअघि नेताहरू नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेको थियो ।
Sponsored