TodayPati

कोरोनाबाट पाकिस्तानमा २ सय बढी डाक्टरको ज्यान गयो

एजेन्सी-
जनकपुरधाम, वैशाख ३० गते ।

कोरोना संक्रमणको कारण पाकिस्तानमा हालसम्म २ सय २ जना चिकित्सकको ज्यान गएको छ । पाकिस्तान मेडिकल एसोसिएसन (पीएमए)ले बुधबार यो जानकारी गराएको हो ।

पीएमएले कोरोना भाइरसका कारण निधन भएका २०० भन्दा बढी डाक्टरका परिवारलाई क्षतिपूर्ति ‘शुहुदा प्याकेज’ दिन पाकिस्तानी सरकारसँग आग्रह गरेको पाकिस्तानबाट प्रकाशन हुने अङ्ग्रेजी पत्रिका ‘द न्युज इन्टरनेसनल’ले जनाएको छ ।

Sponsored

कोरोना संक्रमणको ज्यान गुमाउने ७४ चिकित्सक पञ्जाब राज्यका हुन् भने ६४ सिन्धका हुन् ।

त्यसैगरी खैबर पख्तूङ्ख्वाका ५३ जना, बालोचिस्तान ५ जना, पाकिस्तान प्रशासित कश्मीर (पीओके)का तीन जना र एक जना गिलगित–बाल्टिस्तानका चिकित्सकले ज्यान गुमाएका ‘द न्युज इन्टरनेसनल’को रिपोर्टमा उल्लेख छ ।

मृतकमध्ये २४ मेडिकल अधिकृत, १९ चिकित्सक र १३ बालरोग विशेषज्ञ तथा केही नाक, कान, घाँटी विशेषज्ञ छन् । ती चिकित्सकको अग्रमोर्चामा रहेर काम गर्ने शिलशिलामा मृत्यु भएको पीएमएले जानकारी गराएको छ ।

Sponsored

पीएमएले मृतक स्वास्थ्यकर्मीले अग्रमोर्चामा रहेर काम गर्ने शिलशिलामा सङ्क्रमित भई ज्यान गुमाएका भन्दै उनीहरूका परिवारजनलाई ‘सुहुदा प्याकेज’ उपलब्ध गराउन आग्रह गरेको हो ।

पाकिस्तानी तथ्याङ्कअनुसार बुधबार पाकिस्तानमा दुई हजार ८६९ व्यक्ति सङ्क्रमित भएका छन्। त्यहाँ सङ्क्रमण दर ७.४२ प्रतिशत छ । पाकिस्तानमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७६ हजार ५३६ छ । त्यहाँ अहिलेसम्म सात लाख ७१ हजार ६९२ व्यक्ति कोभिड–१९ बाट सङ्क्रमणमुक्त भएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *